
१० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीिबाबु महर्जनले ‘इसा अवार्ड’ पाउन सफल वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रूइतलाई भेटेर बधाई दिएका छन् ।
मेयर महर्जनले डा. रूइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन महत्पूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिएका हुन् ।
भेटको क्रममा मेयर महर्जनले कम खर्चमा मोतिबिन्दुको शल्यक्रिया गर्ने चिकित्सापद्धति भित्र्याएर विपन्न नेपालीलाई लगाएको गुण अविस्मरणीय रहेको बताएका थिए । डा. रूइतले पाएको पुरस्कारले मुलुकभरका चिकित्सकमा ऊर्जा र उमंग थपिएको महर्जनको भनाइ थियो ।
भेटमा डा.रूइतले महानगरमा उत्कृष्ट विकास भइरहेको बताउँदै ललितपुर महानगरले विशेषगरी हरियाली प्रबर्द्धन र वातावरण संरक्षणमा गरेका काम उदाहरणीय भएकोमा खुसी व्यक्त गरेका थिए ।
हरेक दुइ वर्षमा संसारभरका मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थामध्येबाट छनोट गरी प्रदान गरिने इसा अवार्ड पाएपछि रूइतलाई आइतबार काठमाडौंका मेयर बालेन्द्र साह(बालेन) ले पनि भेटेका थिए ।
प्रतिक्रिया 4