+
+

नयाँ सिजनका लागि यस्तो छ नकआउट फुटबल प्रतियोगिताको तालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:५०

१० माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजनका लागि मोफसलका नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।

मंगलबार फरक फरक पाँच मिति तोकेर माघ २६ देखि चैत १८ गतेसम्म आयोजना हुने ११ वटा नकआउट प्रतियोगिताको मिति निर्धारण गरेको हो ।

माघ २६ देखि फागुन ६ गतेसम्म सर्लाहीमा राजर्शी जनक गोल्डकप र महोत्तरीमा मेयर कप फुटबल आयोजना हुनेछ ।

माघ २९ देखि फागुन ९ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप आयोजना हुनेछ । पहिलो मितिमा परेका यी तीन प्रतियोगितामध्ये ए डिभिजन टिमले बढीमा दुईवटामा मात्र सहभागिता जनाउन पाउनेछन् ।

दोस्रो मितिअनुसार फागुन ७ देखि १६ गतेसम्म झापामा भद्रपुर गोल्डकप र रुपन्देहीमा तिलोत्तमा गोल्डकप हुँदैछ । फागुन ११ देखि २० गतेसम्मलाई तेस्रो मिति निर्धारण गरिएको थियो । यो समयमा फागुन ११ देखि १७ सम्म काठमाडौंमा केपी ओली कप र फागुन १३ देखि २० सम्म सुनसरीमा बुढासुब्बा गोल्डकप आयोजना हुँदैछ ।

त्यसपछि दुई साता काठमाडौंमा ए डिचिजन लिगका पाँच चरणको खेल सन्चालन हुँदैछ ।

फागुन १९ देखि चैत ४ गतेसम्मका लागि ए डिभिजन लिग हुनेछ । चैत ४ देखि ११ गतेसम्मको समय नकआउट प्रतियोगिताका लागि एन्फाले दिएको चौथो मिति हो । यो समयमा इलाममा माइभ्याली गोल्डकप र सुनसरीमा इटहरी गोल्डकप आयोजना हुनेछ ।

पाँचौं मितिका रुपमा चैत ९ देखि १८ गतेसम्मको समय छ । यो समयमा मोरङमा विराट गोल्डकप र बारामा सिमरा गोल्डकप आयोजना हुनेछ ।

ए डिभिजन टिमले एउटा मितिमा एउटामात्र प्रतियोगिता खेल्न पाउने नियम कडाइका साथ लागू गर्ने एन्फाले बताएको छ ।

चैत ४ मा ए डिभिजन लिगलाई विश्राम दिएर क्लबहरुलाई नकआउट प्रतियोगिताका लागि उपलब्ध गराइनेछ ।

त्यस समयमा ए डिभिजन क्लबमा आवद्ध भएका खेलाडीहरुले सोही क्लबबाट मात्र नकआउट प्रतियोगिता खेल्न पाउने पनि एन्फाले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?