+

पाठेघरबाहिर किन बच्चा बस्छ ?

२०७९ माघ  ११ गते १३:५३ २०७९ माघ ११ गते १३:५३
पाठेघरबाहिर किन बच्चा बस्छ ?

गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ ।

श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ । पाठेघरमा त्यो नौ महिना हुर्किन्छ । विभिन्न कारणले त्यो जाइकोज पाठेघरमा नआएर अण्डबाहिनी नली, अण्डाशयमा, आन्द्राको माथि बोसोमा, आन्द्रामा, पाठेघरको तल्लो तहमा गएर टाँसिन्छ र त्यहाँ हुर्कने प्रयास गर्छ । यसलाई पाठेघर बाहिर बच्चा बसेको वा ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । सामान्यतया एकदेखि १० प्रतिशत गर्भवती महिलामा ‘एक्टोपिक प्रेग्नेन्सी’ हुन्छ ।

फर्टिलाइज भएको भ्रुण पाठेघरमा आएर विकास हुनुपर्ने हो । तर पाठेघरमा नगई त्यो अण्डबहिनी नलीमा वा अन्यत्र बस्छ । त्यहाँ त गर्भ हुर्कन सक्दैन जसले गर्दा फुट्छ । धेरै अवस्थामा फुटेर रगत बगेपछि मात्र थाहा पाउँछन् ।

लक्षण

पाठेघरबाहिर बच्चा बस्दा देखिने पहिले लक्षण गर्भावस्थामा जस्तै महिनावारी रोकिनु हो । साथै धेरै वाकवाकी लाग्ने, तल्लो पेट दुख्ने र रगत बग्ने समस्या हुन्छ । बच्चा बसेर पनि फुटिसकेको रहेछ भने बेहोस हुने, चक्कर लाग्ने, धेरै रगत बग्ने र  मृत्यु समेत हुन सक्छ ।

पाठेघर बाहिर बच्चा बस्ने कारण

– पाठेघरको भित्री तहमा संक्रमण

– पहिला संक्रमण भएर ट्युबमा क्षति भएको अवस्थामा

– पाठेघर तथा अण्डबहिनी नलीको अन्य समस्या

– ट्युबको पहिला शल्यक्रिया भएको भए

– जन्मजात पाठेघर र ट्युबमा समस्या

ध्यान दिनुपर्ने कुरा

पाठेघर बाहिर बच्चा बसेका अधिकांश महिला अवस्था खराब भएपछि अस्पताल पुग्छन् । यो समस्या गर्भवती भएपछि तीन महिनाभित्रको समस्या हो । महिनावारी रोकिएपछि गर्भ रहेको छ कि छैन भनेर जाँच गर्नुपर्छ । गर्भ रहेको छ भने ६ देखि ८ हप्तामा अल्ट्रासाउन्ड गर्नुपर्छ । अल्ट्रासाउन्ड गर्दा बच्चाको अवस्था थाहा हुन्छ ।

उपचार

पाठेघर बाहिर बच्चा बसेको छ भने तुरुन्त उपचार गर्नुपर्छ  । आठ हप्ताअघि नै समस्या पत्ता लाग्यो भने उपचार अलि सहज हुन्छ । त्यसपछि भने फुट्ने सम्भावना हुन्छ । फुटेर रक्तस्राव हुन्छ र रगतको कमी हुन्छ । फुटेको ठाउँलाई शल्यक्रिया गरेर काटेर हटाउनुपर्छ । रगतको कमी भएको छ भने रगत दिनुपर्छ ।

बच्चालाई बचाउन सकिन्छ ?

पहिले यसरी पाठेघर बाहिर बच्चा बस्दा आमा बच्चा दुवैलाई बचाउन सकिंदैन थियो । पछि आमालाई बचाउन सकिने भयो । अहिले आमा र आमाको प्रजनन् क्षमतालाई बचाउन सकिन्छ । तर अक्टोपिक प्रेग्नेन्सी नफुटेको अवस्थामा नै पत्ता लाग्यो भने पनि बच्चालाई भने बचाउन सकिंदैन ।

त्यसैले गर्भ राख्नुभन्दाअघि दम्पतीले योजना बनाउनुपर्छ । चिकित्सकसँग परामर्श लिएर स्वास्थ्य जाँच गरियो भने केही समस्या छ भने पत्ता लाग्छ र त्यो समस्याको उपचार गरेपछि गर्भ राखियो भने आमा र बच्चा दुवै स्वस्थ हुन सक्छन् ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. बालकृष्ण शाह पाठेघर
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?