+
+

नटिङहम फरेस्टमाथि सहज जितपछि युनाइटेड लिग कपको फाइनल नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते ८:४२

१२ माघ, काठमाडौं । इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा दोस्रो लिगअघि अवे मैदानमा प्राप्त सहज जितले युनाइटेड फाइनल नजिक पुगेको छ । युनाइटेडले एक कदम फाइनलमा पुर्‍याएको छ ।

युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले छैटौं मिनेटमा पहिलो गोल गरे । यस्तै वाउट वेघोस्टले ४५औं र ब्रुनो फर्नान्डेजले ८९औं मिनेटमा गोल गरे ।

यी दुई टोलीबीचको दोस्रो लिग आगामी बुधबार हुनेछ । अर्को सेमिफाइनलको पहिलो लिगमा न्युकासलले साउथह्याम्पटनलाई १-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?