+
+

मधेसका कृषिमन्त्रीले गरे किसान कार्ड लागु गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १३:११

१३ माघ, जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् ।

मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए ।

जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने उनले बताए ।

मन्त्री कुशवाहले उखु किसानका माग पूरा गर्नका लागि मूल्य निर्धारण भएका कागजात अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

मधेस प्रदेशमा आफूहरुले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?