+
+

‘आईकाओका मापदण्ड पूर्ण पालना नगर्दा हवाई दुर्घटना बढ्यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १६:५०
फाइल तस्वीर

१३ माघ, काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले तोकेका मादपण्डको पूर्ण पालना गर्न नसक्दा नेपालमा हवाई दुर्घटना बढेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको बताए ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने बताए । यसले दूर्घटना आफैं न्यूनीकरण हुँदै जाने उनको भनाइ थियो । उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको देउजाले औल्याए । उनले हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावको आधारमा अघि बढदा पनि नेपालमा हवाई दुर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?