+
+

कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १४ गते १४:२२

काठमाडौं । कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ । सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रियसभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

पार्टी प्रवेशपछि एलिजालाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ । उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराइएको थियो । पाँचवर्षअघिको फिल्म ‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी एलिजाको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् ।

तस्वीर सौजन्य : अनुप भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?