
१६ माघ, काठमाडौं । अष्टेलियामा वृद्धामाथि कुटपिट गरेको आरोप लागेकी एक जना एक जना नेपाली नर्सले आरोप स्वीकार गरेकी छिन् ।*
इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डेले आरोप स्वीकार गरेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ ।*
पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि गएको मार्चमा उनलाई पक्राउ गरि मेमा धरौटीमा छाडिएको थियो । *
पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् ।
पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् ।
पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।
*यसअघि अन्यथा भएकाले शीर्षकसहित समाचारका केही अंश संशोधन गरिएको छ । -सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4