+
+

बोर्ड बैठकका लागि क्रिकेट संघका पदाधिकारी पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते ११:०४

१७ माघ, पोखरा । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् ।

बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी-२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी-२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।

‘मुख्य एजेन्डा यिनै हुन् । तर, यसबाहेक आजको बैठकमा विभिन्न १०-१२ वटा जति एजेन्डामा छलफल हुने भन्नेछ,’ ती सदस्यले भने ।

काठमाडौंदेखि पोखरा आएको क्यान पदाधिकारीले पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?