+
+
Shares

यी हुन् वैज्ञानिक रुपमै प्रमाणित संसारका सबैभन्दा सुन्दर पुरुष

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १६:३४
रेगे जेन पेज

काठमाडौं । नेटफ्लिक्समा रहेको लोकप्रिय श्रृंखला ब्रिजरटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बेलायती अभिनेता रेगे जेन पेजलाई संसारको सबैभन्दा सुन्दर पुरुषको उपाधि दिइएको छ । उनलाई दर्शकको रोजाइका आधारमा नभई एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष घोषणा गरिएको छ ।

ग्रिक गोल्डेन अनुपात समीकरण अनुसार उनलाई संसारको सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको हो । अनुसन्धानकर्ता वैज्ञानिकका अनुसार जेन पेजको अनुहार साँच्चिकै मनी मेकर छ । ३४ वर्षीय अभिनेताको अनुहार उक्त समीकरण अनुसार ९३.६५ प्रतिशत पूर्ण पाइएको छ । ग्रिक गोल्डेन रेसियो समीकरणबाट कुनै पनि व्यक्तिको अनुहारको सुन्दरता तथा बनावटको आकलन गरिन्छ ।

मेट्रो डट युकेमा प्रकाशित समाचार अनुसार हार्ले स्ट्रिट फेसियल कस्मेटिक सर्जन डाक्टर जुलियन डी सिल्भाले अत्याधुनिक कम्प्युटराइज्ड म्यापिङ प्रविधिको प्रयोग गरेर सूचि तयार गरेकी थिइन् र उक्त सूचिलाई नतिजाको कसीमा जाँचिएको थियो ।

अभिनेता आफ्नो सुन्दर अनुहार तथा नसालु आँखाका कारण सूचिमा सबैभन्दा माथि परेका छन् । आफ्नो आँखाको सुन्दरता र अवस्थितिका कारण नै उनले सबैभन्दा धेरै अंक प्राप्त गरेर सर्वाधिक सुन्दर पुरुष बन्न सफल भएको उनको भनाइ छ ।

उनको अनुहारमा अरु सबै चिजहरु शतप्रतिशत सुन्दर भए पनि उनको नाकको लम्बाई तथा चौडाइका कारण भने केही कम अंक प्राप्त गरे । यस क्रममा ओठ, मुख, चिउडोे, ओठको चौडाइ, अनुहारको आकार, नाक, आँखाको अवस्थिति र आकार, निधार लगायतका सबै अंगहरु मापन गरिएको थियो ।

उक्त वैज्ञानिक अध्ययन अनुसार विश्वका सर्वाधिक सुन्दर ५ पुरुष यी हुन् :

अभिनेता रेगे जेन पेज, ९३.६५ प्रतिशत
अभिनेता क्रिस हेम्सवर्थ, ९३.५३ प्रतिशत
अभिनेता माइकल बी जोर्डन, ९३.४६ प्रतिशत
गायक तथा अभिनेता ह्यारी स्टाइल्स, ९२.३० प्रतिशत
फुटबलर जुड बेलिंघम, ९२.२२ प्रतिशत

स्मरण रहोस् उक्त अध्ययन अनुसार विश्वकी सबैभन्दा सुन्दर महिला चाहीँ अभिनेत्री एम्बर हर्ड हुन् ।

एजेन्सीको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?