
१७ माघ, काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरमा रहेको बलराम–तारा प्रधान भवनको उद्घाटन भएको छ ।
मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
स्वर्गिय बलराम प्रधानको परिवारको ४५ लाख रुपैयाँ सहयोगमा सुरु भएको सो भवनलाई सम्पन्न गर्न इनर्जी क्षेत्रमा लामो समयदेखि नेपालमा रहेर काम गरिरहेका अमेरिकी नागरिक डान जेन्ट्जेनको थप सहयोग र विश्वविद्यायलले स्रोतबाट निर्माण भएको विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यायलले प्राथमिकतामा राखेको उर्जाका क्षेत्रमा काम गर्नेगरि उक्त भवनको उपयोग गरिने विश्वविद्यालयको भनाइ छ ।
१८ महिनामा सम्पन्न बेसमेन्ट सहित तिन तल्ले उक्त भवनको पहिलो तला आधारभुत मेकानिकल इन्जिनियरिङ्गका लागि लागी, दोश्रो तला इनर्जी सिष्टमका लागि र तेश्रो तला ग्रिन हाइड्रोजनका क्षेत्रमा अध्ययन र अनुसन्धानका लागी प्रयोग हुने विश्वविद्यालयका प्रवक्ता डा.उद्धव प्याकुरेलले बताए ।
२ करोड ६८ लाख ९१ हजार कुल लागतमा निर्मित बलराम–तारा प्रधान भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले अब पढ्न भनेर विदेश जाने क्रमलाई रोक्न र नेपालमा विदेशि विद्यार्थी ल्याउन काम गर्न पर्नेमा बताए ।
प्रतिक्रिया 4