+
+

नेपाली यू-२० महिला फुटबल टिम बंगलादेश प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १६:५०

१८ माघ, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाइ गरेको थियो ।

साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता हुनेछ । नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टिमकी सदस्य समेत रहेकी प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ छन् ।

प्रशिक्षक र कप्तान दुवैले च्याम्पियनसिपमा नेपाल राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । नेपालले अहिलेसम्म यो उमेर समूहमा उपाधि जित्न सकेको छैन । त्यसैले पनि उपाधि जित्नु नेपालका लागि चुनौतीपूर्ण नै छ ।

प्रीतिसहित अमिशा कार्की र दिपा शाही राष्ट्रिय टिमकी सदस्य हुन् । मिडफिल्डर दिपा शाहीले सिनियर टिममै उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् । यी तीन खेलाडीले जुनियर खेलाडीहरुसँग राम्रो तालमेल गर्नु आवश्यक छ ।

च्याम्पियनसिपपले नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।

सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागिएको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।

२०२१ मा बंगलादेशमै भएको यू१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने राम्रो अवसर रहे पनि चुकेको थियो ।

गत वर्ष भारतमा भएको भारतमा भएको यू-१८ च्याम्पियनसिपमा भने नेपाल भारत र बंगलादेश मात्र सहभागी थिए र डबल राउण्ड रोविनमा खेलेको सबै चार खेलमा नेपाल पराजित भएको थियो ।

त्यसबेला पनि नेपालको कप्तान प्रीति राई नै थिइन् । त्यसबेला खेलेका मध्ये प्रीतिसँगै गोलकिपर सावित्री किसन, लिला जोशी, मिडफिल्डर कुमुस खतिवडा, दिपा शाही, सुनकला राई, मनमाया दमाई, अन्जली मचामसी, साराह बज्राचार्य, सरस्वती हमाल, फरवार्ड अमिसा कार्मी र गरिमा राई, डिफेण्डर सविना चौधरी, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ अहिले पनि टिममा छन् ।

नेपाली टोली

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान) अन्जली मचामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, अन्जली चन्द

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?