+

कसरी हुन्छ अल्सर, के छ उपचार ?

२०७९ माघ  १९ गते ११:२६ २०७९ माघ १९ गते ११:२६
Shares
कसरी हुन्छ अल्सर, के छ उपचार ?

ग्यास्ट्राइटिसको कारण आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रामा हुने घाउलाई अल्सर भनिन्छ । यसमा देखिने लक्षण र कारण दुवै ग्यास्ट्राइटिसको जस्तै हो ।

अल्सरमध्ये पनि सबैभन्दा बढी देखिने सानो आन्द्रामा हुने अल्सर हुने हो । आमाशयमा हुने अल्सरले क्यान्सरसमेत गराउने जोखिम हुन्छ । त्यसैले ग्यास्ट्राइटिसकै कारण अल्सर हुने हुँदा ग्यास्ट्राइटिस हुन नदिनु उचित हो ।

अल्सर हुने कारण

ग्यास्ट्राइटिसकै कारण अल्सर हुन्छन् । हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलालोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने संक्रमण)का कारण हुन्छ । उक्त जीवाणु संक्रमणका लक्षण सुरुमा धेरै हल्का हुन्छन्, जसले गर्दा अल्सर पहिचान सजिलै सुरुवातमै हुन सक्दैन ।

दुखाइ कम गर्ने एन्टीबायोटिक औषधिको लगातार प्रयोग, अत्यधिक धुम्रपान र मदिरापान गर्ने, चिल्लोपन भएको खानेकुरा धेरै खाने र खाली धेरै समयसम्म बस्ने बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ । त्यसलाई बेवास्ता गर्दै गएमा पछि आन्द्रामा घाउ भएर अल्सर हुने सम्भावना हुन्छन् । पछिल्लो समय बढ्दो मानसिक तनावका कारण धेरै मानिस अल्सरबाट ग्रसित छन् । धेरैले पेट दुख्ने बित्तिकै चिकित्सकको सल्लाहविना नै आफैं औषधि खाइरहेका हुन्छन् । यसले ग्यास्ट्रिकको उपचारमा ढिलाइ हुन्छ ।

अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति र लिभर सिरोसिस भएकालाई पनि अल्सर हुने सम्भावना बढी हुन्छ ।

डा. अखिलेश कश्यप

लक्षण

अल्सरमा हुने लक्षण र ग्यास्ट्राइटिसमा देखिने लक्षण लगभग उस्तै हुन्छन् । सुरुमा पेटको माथिल्लो भाग दुख्छ । त्यसपछि खानामा अरुचि हुने, बान्ता हुने, खाली पेटमा वा खाना खाएको केही बेरमा पेट दुख्ने,  ग्यास र अपच हुने, पेट भारी हुने, तौल घट्नु र अल्सर बढ्दै गयो भने मुखबाट रगत आउने र दिसा कालो हुने अल्सरका लक्षण हुन् ।

पहिचान

ग्यास्ट्राइटिस इन्डोस्कोपीमार्फत हेरेर अल्सर भए नभएको पत्ता लाग्छ । आन्द्रामा रातो देखिएमा इराइडोमा भएको भनिन्छ । त्यसको उपचार भएन र बेवास्ता गरिरहेमा इरोजन (आन्द्रामा हुने घाउ) बन्छ । पाँच एमएमभन्दा कम भएको आन्द्राको घाउलाई इरोजन भनिन्छ र घाउ बढ्दै गएपछि अल्सर हुन्छ ।

अल्सर गम्भीर भएर बढ्दै गएमा विभिन्न किसिमका जटिलताहरु आउँछन् । आन्तरिक रक्तस्राव, बान्तामा रगत देखिने, दिसामा रगत देखिने र क्यान्सरसमेत हुने जोखिम हुन्छ । त्यस्तै, सानो आन्द्रामा अल्सर भएको छ र बेवास्ता गरिएको छ भने आन्द्रा फुट्न सक्छ । त्यस्तो अवस्थामा तत्काल उपचारमा जानुपर्छ ।

उपचार

अल्सरको गम्भीरता र बिरामीको अवस्थाको आधारमा अल्सरलाई विभिन्न तरिकाले उपचार गर्न सकिन्छ । साधारण ग्यास्ट्रिक मात्र छ भने खानपान र स्वस्थ जीवनशैलीमा परिवर्तन ल्याएर पनि रोकथाम गर्न सकिन्छ । तर एचपाइलोरी इन्फेक्सनकै कारण ग्यास्ट्रिक वा अल्सर भएको छ भने एन्टीबायोटिक औषधि १४ दिनसम्म खानुपर्छ । अल्सर भइसकेका बिरामीको भने अल्सरलाई शल्यक्रियामार्फत निकालेर फाल्नुपर्छ । अल्सरका सबै उपचार सम्भव छन् । तर जति छिटो पहिचान त्यति छिटो उपचार र निदान हुने भएकाले सकेसम्म ग्यास्ट्रिक हुँदैमा ख्याल गर्नुपर्छ । कसैमा रेडियोथेरापी र किमोथेरापी पनि गर्नुपर्छ ।

छातीमा दुखाइ ग्यास्ट्रिककै कारण मात्र हुँदैन

ग्यास्ट्राइटिसमा साझा समस्या भनेको माथिल्लो भागको पेट दुखाइ हो । नाइटोभन्दा माथि छातीमा दुखाइ हुन्छ । छातीको बीचमा दुखेको छ भने मुटु वा ग्यास्ट्रिक वा अल्सरकै कारण पनि हुन्छ । हिंडडुल वा कुनै शारीरिक क्रियाकलापपछि छातीको बीच भागमा दुखाइ छ भने ग्यास्ट्रिक भनेर चुप लागेर बस्नु हुँदैन । कतिपय अवस्थामा ग्यास्ट्रिक भनेर उपचारमा ढिलाइ गर्दा मुटुको समस्या पनि हुनसक्छ । उपचारमा ढिलाइले गर्दा ज्यानै जोखिममा हुने भएकाले छातीमा दुख्दा मुटुका चिकित्सकलाई पनि परीक्षण गराउनु उपयुक्त हुन्छ ।

रोकथाम

सन्तुलित र स्वस्थ आहार खाने, खुर्सानी–मसला र तेलको सेवन कम गर्ने, सफा पानी पिउने, धुम्रपान र रक्सी नपिउने, लामो समय भोको नबस्ने वा प्रशोधित र प्याकेटबन्द खानेकुरा नियन्त्रण गर्नुपर्छ । खानामा फलफूल, सलाद, फाइबरयुक्त सागसब्जी सामेल गर्नुपर्छ ।

साथै दिनचर्या सक्रिय हुन नियमित व्यायाम गर्ने, सक्रिय रहने, सकारात्मक रहने अभ्यासमा जोड दिनु जरुरी छ।

(डा. अखिलेश कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

अल्सर ग्यास्ट्राइटिस
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?