+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको लगानी मेवा डेभलपर्समा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १६:५६

१९ माघ, काठमाडौं ।  ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा लगानी गरेको छ।

मेवा डेभलपर्स लिमिटेडले हाल ताप्लेजुङ जिल्लामा ७३.५० मेगावाटको मध्य मेवा जलविद्युत र ९.३० मेगावाटको सिवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत विकासकर्ता र नवीकरणीय ऊर्जा क्षेत्रमा सक्रिय उर्जा डेभलपर्स यस कम्पनीको संस्थापक प्रवर्द्धक हो।

एनआईआईएफबाट प्राप्त रकम कम्पनीले विकास गरेका दुई पीआरओआर प्रकारका जलविद्युत आयोजनाको कार्यान्वयनमा प्रयोग गरिने मेवा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । ‘मेवाले सफा ऊर्जा प्रवर्द्धन सँगै सबै सरोकारवालाहरूको लागि राम्रो र दिगो भविष्य सिर्जना गर्न ईएसजी अनुपालन अभ्यास पनि गरेको छ, उनले भने ।

यो लगानीबाट मेवाले ऊर्जा उत्पादनको सन्दर्भमा जलविद्युत उद्योगको नेतृत्व गर्न जारी राख्ने र वातावरण, सामाजिक र सुशासन लाभहरू अभिवृद्धि गर्न नयाँ दृष्टिकोणहरू ल्याउनेमा एनआईआईएफ विश्वस्त रहेको एनआईआईएफको लागि लगानी प्रबन्धक ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देश डा. मनिष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?