 
																			१९ माघ,बुटवल। नेपाली विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीमा समानन्तर समिति गठन भएको छ ।
संस्थापन पक्षबाट सन्दीप पाण्डेलाई संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनोनयन गरेको भोलिपल्ट संस्थापन ईतर समूहले शम्सेर खड्कालाई सभापति चयन गरेको हो ।
संस्थापन पक्षका केन्द्रीय अध्यक्ष शेर्पाले पाण्डेलाई सभापतिमा चयन गर्दै ३ महिना भित्र जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिएका थिए ।
केन्द्रीय अध्यक्षको मनोनयन अस्वीकार गर्दै संस्थापन इतरका विद्यार्थी नेताहरुको भेलाले लम्बिनी ईन्जिनियरिङ कलेज नेवि संघ ईकाई पुर्व सभापति खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले जानकारी दिए ।
उनले नेविसंघ केन्द्रिय समितिले एक पक्षीय ढंगले विद्यार्थी संगठनमा काम नगरेका व्यक्तिलाई सभापति चयन गरिएका कारण रुपन्देहीमा खड्कालाई सभापति चयन गरिएको बताए ।
विद्यार्थी संगठनको कुनै पनि ईकाईमा काम नगरेको जुनियर व्यक्तिलाई जिल्ला पार्टिसंग कुनै पनि छलफल नगरी मनोनित गरेकाले खड्कालाई सभापति बनाइएको नेपाली काग्रेस लुम्बिनी प्रदेश सदस्य कुमार केसीले जानकारी दिए ।
रुपन्देहीमा एक दशकदेखि नेविसंघमा गुटगत झगडाका कारण समानान्तर समिति बन्दै आएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4