+
+
Shares

महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने कांग्रेस निकट विद्यार्थी

पक्राउ परेका सन्जोग गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । अर्पत कुँवर पनि नेविसंघ निकट रहेको प्रहरी स्रोतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १२:५५

७ मंसिर, विराटनगर । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।

आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

पक्राउ परेका गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् ।

गौतमलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।

नेविस‌घ महेन्द्र मोरङमा संस्थापन समूहको सभापति भने प्रशान्त यादव छन् ।

अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

यता नेता बस्नेतले भने कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।

बस्नेत सुनसरीको इटहरीमा आएपछि जेनजीहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?