
२० माघ, काठमाडौं । श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्ने भएकी छन् ।
श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले आज बेलुकी त्यहाँका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्ने छन् ।
भेटघाटपछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।
भोलि शनिबार बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तोलन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट हुनेछ ।
प्रतिक्रिया 4