+
+

बिग्रिएको छैन एम्बाप्पे र मेसीको सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १८:११

२० माघ, काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोन मेस्सी र फ्रेञ्च फरवार्ड केलियन एम्बाप्पेबीच पेरिस सेन्ट जर्मेनका ‘टिममेट’ हुन् ।

विश्वकपका मेसीको अर्जेन्टिनाले एम्बाप्पेको फ्रान्सलाई हराउँदै विश्वकप ट्रफी उचालेको थियो ।

त्यसैले विश्वकपपछि धेरै समर्थकहरुले पीएसजीका यी दुई फरवार्डको सम्बन्धमा दरार आउने आकलन गरेका थिए ।

अर्जेन्टिनी गोलरक्षक इलिमियानो मार्टिनेजले ड्रेसिङ रुममा एम्बाप्पेको मजाक बनाएपछि उनीहरुको सम्बन्ध बिग्रने अड्कल गरिएको थियो ।

यसविषयमा केलियन एम्बाप्पेले पहिला पनि मिडियामा मेसीसँग आफ्नो सम्बन्धका बारेमा बोलिसकेका छन् । यसमा उनले सम्बन्ध नबिग्रिएको र कुनै तेस्रो व्यक्तिले के गर्छन त्यसले असर नपरेको बताएका थिए ।

यसमा ३५ वर्षीय मेसीले पनि यसहप्ता भएको भेटमा आफूहरुबीच कुनै पनि किसिमको समस्या नरहेको बताएका हुन् ।

मेसीसँग सम्बन्धको बारेमा सोध्दा उनले भने, ‘म त्यतिबेला पीएसजीको लागि छुट्टीमा थिएँ । यो कुरा अर्जेन्टिनामा कसरी खुसीयाली मनाइन्छ भन्ने कुरा थियो । हामीले यसको बारेमा र खेलको बारेमा कुरा गरिसकेका छौं । अन्य कुनै पनि कुरा थिएन र छैन । सबैकुरा एकदम राम्रो छ ।’

मेसीले एम्बाप्पेको त्यसक्षणका बारेमा धेरै बोल्न चाहेनन् । किनभने उनी आफैंमा पनि २०१४ को विश्वकप फाइनलमा हार बेहोरेको अनुभव छ ।

‘म अर्को पक्षमा थिएँ । मलाई विश्वकप हारेको अनुभव पनि थियो । मलाई उसलाई के भइरहेको छ भन्ने थाहा थिएन । म त्यो बेला विश्वकपसँग केही पनि गर्न चाहन्न थें’, पूर्व बार्सिलोनास्टारले भने, ‘त्यसैले पनि मलाई यसको बारेमा धेरै बोल्नु छैन । तर सच्चाइ यहि नै हो कि म र केलियनबिच केही पनि समस्या छैन । हरेक आकलनको विपरीत छ ।’

मेसीले विश्वकपपछि पीएसजीमा फर्किएर ४ खेलमा २ गोल गरेका छन् । पीएसजी लिग वानमा मार्सलेभन्दा ५ अंकमाथि रहँदै शीर्ष स्थानमा रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?