+
+

भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिलले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते २१:५१

काठमाडौँ । चर्चित भारतीय कलाकारले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम फागुन ९ गते ग्याल्पो ल्होसारको अवसरमा आयोजना हुने जनाइएको छ ।

शुक्रबार होटल मेरियटमा आयोजक आइ लाइभ नेपालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । कन्सर्टमा चर्चित भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिल र सृष्टि तवाडेले लाइभ प्रस्तुति दिनेछन् ।

आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार समेटेर कन्सर्ट आयोजना गर्न लागिएको जानकारी दिए ।

‘सांगीतिक पर्यटन बढाउने उद्देश्यले पनि कार्यक्रम आयोजना हुन लागेको हो’, कार्कीले भने ‘नेपालमा सांगीतिक पर्यटनको बिकास तथा सांगीतिक उद्योग अगाडि बढाउन कोशेढुङ्गा साबित होस् भन्ने अपेक्षा कन्सर्टको छ ।’

‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । ‘रोड टु नेभरल्याण्ड’ नाम दिइएको यो कार्यक्रमअन्तर्गत १७ फेब्रुअरीमा नेपाली गायक नवीन के भट्टराई र अकिल सचदेवा तथा १८ फेब्रुअरीमा सिक्किमका र्‍यापर युएण्डबी क्लब प्लाटिनममा प्रस्तुत हुनेछन् ।

कन्सर्ट सुरक्षाका लागि ३०० बाउन्सर खटिनेछन् । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिनेछ । कार्यक्रममा प्रस्तुत हुन लागेका किङ भारतीय ¥यापर हुन् । पछिल्लो समय युवा–पुस्तामाझ लोकप्रिय उनको नयाँ नजरिया, मान मेरी जान गीत हिट छन् । स्टेज नाम डिभाइन रहेका भिभियन विल्सन फर्नान्डेज पनि भारतीय र्‍यापर हुन् । डिभाइनले यसअघि पनि काठमाडौंमा कन्सर्ट गरिसकेका छन् ।

आस्था गिल भारतीय गाायिका हुन् । उनको पानी पानी, कमरिया, अभि तो पार्टी सुरु हुई लगायतका गीत निकै चर्चित छन् । उनले गीत ‘ये मेरा बम्बे’ चर्चा पाउन थालेका थिए । उनको ‘मेरे गली मे’ गीत पनि निकै चर्चित छ । सृष्टि तवाड पनि ‘मे नहीँ तो कौन बे’बाट चर्चामा आएकी भारतीय गायिका हुन् ।

‘नेभरल्याण्ड कन्सर्ट’का लागि स्टेज तथा म्युजिक सिस्टम आयोजकले भारतबाट मगाएको छ । कार्यक्रममा समय उदास, बिनय गौतम, शुदिक्षा अधिकारी, पंकज सिंह, पूजा धामी, शीर्षक महतलगायले कार्यक्रमको बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?