+
+

एन्जो फर्नान्डेजको डेब्यु खेलमा चेल्सी बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते ९:०९

२१ माघ, काठमाडौं । बेलायती कीर्तिमानी रकममा अनुबन्ध भएका मिडफिल्डर एन्जो फर्नान्डेजले प्रिमियर लिगमा चेल्सीका लागि डेब्यु गरे पनि उनले चेल्सीलाई २०२३ को दोस्रो जित दिलाउन भने सकेनन् ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सीलाई फुलहमले गोलरहित बराबरीमा रोकेको हो ।

विश्व विजेता २२ वर्षीय अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेज १०७० मिलयन पाउण्डमा पोर्चुगिज क्लब बेनफिकाबाट तीन दिनअघि चेल्सी पुगेका थिए । प्रशिक्षक ग्राहम पोटरले उनलाई उत्कालै पहिलो रोजाईँमा डेब्युको अवसर दिए ।

कतारमा सम्पन्न विश्वकपमा योङ प्लेअर अवार्ड समेत जितेका फर्नान्डेजले प्रिमिर लिगको यात्रा बराबरीबाट सुरु गरे । दोस्रो हाफमा उनको प्रयास पोष्ट भन्दा केही छेउबाट गएको थियो । जसले गर्दा उनको ड्रिप डेब्यु पूर्ण हुन सकेन । काई हाभार्टले पनि गोलको नजिक पुगेपनि सफल हुन सकेनन् । अर्का डेब्युटान्ट  डेभिड डात्रो फोफानाको प्रहार गोललाइनबाट सेभ भएको थियो ।

तर समग्रमा चेल्सीले जितका लागि पर्याप्य काम गर्न सकेन । जम्मा तीन सट मात्र टार्गेटमा राखेको चेल्सी गोलको अवसरमा बनाउने संघर्षरत थियो । फुलहमले भने उत्कृष्ट डिफेन्सिभ खेल प्रस्तुत गर्दै अंक जोड्न लायक थियो ।

बराबरीपछि दुवैले अंकतालिकामा एक स्थान सुधार गरेका छन् । फुलहम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ भने २१ खेलबाट ३० अंकसहित चेल्सी नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?