
२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय समिति र संसदीय दलको बैठक चलिरहेका कारण उसका सांसदहरु आइतबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित छन् ।
रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको छ । गृहमन्त्रालय नपाएको अवस्थामा सरकारमा रहने वा नरहने भनी निर्णय लिने रास्वपाको तयारी छ ।
पार्टीको बैठकपछि पार्टी कार्यालयबाटै रास्वपाका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन् । गत आम चुनावमा चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादमा पदमुक्त भएका छन् । पुनः नागरिकता लिएपछि उनले गैरसांसदको हैसियतमा गृहमन्त्री बन्ने चाहना राख्दै आएका छन् ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विवादको विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएको उल्लेख गर्दै लामिछानेलाई मन्त्री बनाउन अस्वीकार गर्दै आएका छन् । यस सन्दर्भमा सरकारमा रहने वा नरहने भनी निर्णय लिन रास्वपाको बैठक जारी छ ।
प्रतिक्रिया 4