+
+

साफ यू-२० महिला च्याम्पियनसिप : अमिशाको ह्याट्रिकमा नेपालको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १६:५५

२२ माघ, काठमाडौं । महिला साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले पहिलो गोल गर्दैै नेपाललाई अग्रता दिलाएकी हुन् ।

पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।

खेलको ६० औं मिनेटमा दिपा शाहीले नेपालका लागि गोल गर्ने एक सुनौलो अवसर गुमाइन् । मनमाया दमाईको बायाँतर्फबाट आएको क्रस खुट्टामा लागेर पोष्ट माथि हुँदै बाहिरिएको हो ।

त्यसको १ मिनेटपछि नै खेलको ६१ औं मिनेटमा दिपा शाहीको सट भुटानकी गोलरक्षक सोनम पेल्डेनले सेभ गरेको बल रिवाउन्ड हुँदा कप्तान प्रीति राईले बलको सदुपयोग सुट गर्दै नेपालको लागि तेस्रो गोल गरिन् ।

तेस्रो गोलको एक मिनेटपश्चात नेपाली फरवार्ड अमिशा कार्कीले ह्याट्रिक गर्दै नेपालको लागि चौथो गोल गरिन् । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले घरेलु मैदान बंगालादेशसँग ३–१ को हार बेहोरेको थियो ।

आजको दोस्रो खेल घरेलु टिम बंगलादेश र भारतबीच बेलुकी पौने ७ बजे हुनेछ । नेपालले आजको खेलमा ४–० को फराकिलो जितेसँगै शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?