+
+

न्यूरोडबाट ७८ लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १७:४०

२२ माघ, काठमाडौं। प्रहरीले काठमाडौं न्‍यूरोड क्षेत्रबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका-९ घर भई हाल विजुली बजार बस्‍ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका-१० घर भई हाल विजुलीबजार १० बस्‍ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन् ।

काठमाडौं न्‍यूरोड एरियामा विभिन्‍न व्‍यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमध्‍ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्‍युरोड क्षेत्रमा विभिन्न व्‍यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको रहस्य खुलेको छ ।

उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र संकलित रकम व्‍यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?