
काठमाडौं । नेपाल प्रदर्शनपछि अब फिल्म ‘चपली हाइट ३’ अष्ट्रेलियामा रिलिज हुने भएको छ । आगामी मार्च ५ मा यो फिल्म सिड्नीमा रिलिज हुन लागेको निर्माता अर्जुन कुमारले जानकारी दिए ।
सिड्नीमा रहेको इभेन्ट सिनेमा थिएटरमा फिल्म प्रदर्शन हुन लागेको जनाइएको छ । फिल्मलाई बाबा एजुकेसन र आरकेएस अष्ट्रेलियाले संयुक्त आयोजनामा देखाउन लागेका हुन् ।
निकेश खड्का निर्देशित यो फिल्म नेपालमा भने रिलिज भइसकेको छ । चपली हाइटको तेस्रो श्रृंखला क्राइम थ्रिलर जनरामा आधारित छ । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, अर्पण थापालगायत प्रमुख भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4