+
+

२२ दिनपछि प्रदेशसभाको बैठक बस्दै  

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १२:०२

२३ पुस, विराटनगर । प्रदेश १ प्रदेशसभाको छैटौं बैठक आज बस्दैछ । विजनेश अभावमा गत पुस ३० गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।

पुस ३० मा उपसभामुखको निर्वाचनपछि स्थगित भएको  दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठक  आज  दिउँसो १ बजे बस्दैछ ।

संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर पुस  २५ गते गठन भएको  सरकारले संसदमा सरकारले कुनै  विधेयक दर्ता गरेको छैन ।

प्रदेशसभामा दुई वटा अध्यादेश पेश भइसकेका छन् । प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश पेश भएको थियो ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, नियमावली मस्यौदा समिति गठन र यसअघि पेश भएका दुई अध्यादेशलाई अगाडि बढाउने कार्यसूची  छ ।  मंगलबारको बैठकमा भने प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?