+
+

दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १५:०८

काठमाडौ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गरेका हुन् ।

म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणको ‘द काईट्स’ एल्बममा समावेश ‘चङ्गा’ गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देबेशकै छ ।

शब्दको भावअनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापालगायत कलाकारको अभिनय छ । म्युजिक भिडियोमा दयाहाङसँग करण पनि देखिएका छन् । दयाहाङसँगको यो सहकार्य दर्शकका लागि उपहार स्वरुप ल्याएको करणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?