+
+

बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १२:४२

२४ माघ, हेटौंडा । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।

प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बर्दियामा जन्मिएका चालिसे हाल ललितपुरमा स्थायी बसोबास गर्छन् । उनी जनसंख्या र बुढ्यौलीविद् हुन् ।

हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् । नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका चालिसे त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन गराउँछन् ।

अमृत साइन्स क्याम्पसबाट उनले बिएस्सी, त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या बिषयमा स्नातकोत्तर र टोकियो युनिभर्सिटी जापानबाट बिद्याबारिधीको उपाधि प्राप्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या बिषयमा स्नातकोत्तर गर्दा उनी आफ्नो ब्याचका गोल्ड मेडलिस्ट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?