+
+

इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’ मा नगद छुट मेला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १३:३०

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ दमक, भैरहवा र नेपागञ्ज बिक्री केन्द्रबाट एकै साथ सार्वजनिक गरेको छ ।

२२ माघ आइतबारका दिन एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगञ्ज बिक्री केन्द्रबाट इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा तीन नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रहरु विर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा “नगद छुट र एक्सचेन्ज” मेलाको घोषणा समेत गरेको छ ।

मेलामा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रिया र यारी” खरिद गरे बापत ४० हजार सम्मको नगद छुट पाइने कम्पनीले बताएको छ । यो योजना २०२३ को फेब्रुअरी महिना भरका लागि लागु हुनेछ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” र “यारी” को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास भएको कम्पनीले बताएको छ । महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने विश्वास कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?