+
+

भूकम्पमा टर्किस गोलकिपरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते ९:४६

२५ माघ, काठमाडौं । टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ ।

अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजारले ज्यान गुमाएका छन् ।

‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली,’ क्लबले आफ्नो ट्वीटरमा लेखेको छ, ‘ सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं ।’

२८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेलेका थिए ।

टर्कीकै दोस्रो डिभिजनको क्लब सेकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा उनको परिवार र मालत्यास्पोर टोलीका साथीहरूप्रति मेरो समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?