+
+

सर्लाहीको चन्द्रनगरमा फागुन १ गतेदेखि ई-हाजिरी अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ९:४४

२६ माघ, वीरगञ्ज । सर्लाहीको चन्द्रनगर गााउँपालिकाले पालिकाले पालिका तथा मातहतका सबै कार्यालय, स्वास्थ्य संस्था, विद्यालयमा ई-हाजिरीको व्यवस्था मिलाएको छ ।

फाल्गुन १ गतेदेखि गाउँपालिकाका कार्यालय, वडा कार्यालय, विद्यालय तथा पालिका मातहतका अन्य कार्यालयमा अनिवार्य ई-हाजिरी गर्नु पर्ने गरि व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले बुधबार सूचना जारी गर्दै प्रत्येक महिनाको ई-हाजिरीमा अनुपस्थित देखिएको दिनका बारेमा आवश्यक कागजात तथा उचित कारण नभएको अवस्थामा नियमानुसारको हाजिर कट्टी गर्ने चेतावनीसमेत दिएका छन् ।

जनताको करबाट उठेको राजश्वबाट जनतालाई सेवा प्रदान गर्न दिईएको तलब र सेवा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रतिनीधिलाई गुणस्तरीय सेवा प्रदान गर्न जिम्मेवार भईदिन सूचनामा अनुरोध गरिएको छ ।

सूचनामा गाउँपालिका कार्यालय र विद्यालयहरुमा कार्यरत केहि कर्मचारी र शिक्षकहरु कार्यालयमा नियमित उपस्थित नहुने र आफू खुशी विदामा बस्ने तोकिएको समयमा कार्यालयमा नआउने, कार्यालय समय सकिनु अगावै कार्यालय छोड्ने, कार्यालयमा रहँदा तोकिएको पेशाक, परिचयपत्र नलगाउने लगायतका गुनासो आएको उल्लेख गर्दै त्यसो नगर्न पनि आग्रह गरिएको छ ।

‘सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई-हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी कार्यालय प्रमुख वा विद्यालयमा प्रधानाध्यापकको हुने, ई-हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराएर मेसिन सुचारु गराउनुपर्ने, सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने गरि व्यवस्था मिलाइएको पालिकाले जनाएको छ ।

जनतालाई सेवा प्रदान गर्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी उचित कारण नभई, नियमानुसारको कागजात पनि पेस नगरी अनुपस्थित हुने गलत अभ्यास अन्त्य गर्न ई-हाजिरीको व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष महतोले बताए ।

जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गर्न अनुशासनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?