+
+

मीरा राईसँग ट्रेल रनिङमा दौडिइन् सामन्था पावर (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ माघ २६ गते १२:२५

२६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर मंगलबार काठाडौं उत्रिएलगत्तै भक्तपुरको आदर्शमा माध्यमिक विद्यालय पुगेर किशोरीहरूसँग बास्केटबल खेलेर रमाइन् । त्यसपछि दिनभर नागरिक समाज, केही उच्चस्तिरीय राजनीतिक भेटघाटमा व्यस्त बनेकी पावरले त्यसको भालिपल्ट बिहानै नेपाली ट्रेल रनर मीरा राईसँग ट्रेल रनमा सहभागी भइन् ।

बुधवार काठमाडौंको जगडोलमा राई र उनको टिमसँग पावर ट्रेल रनमा सहभागी भइन् । ‘समथर ठाउँभन्दा उकालोमा दौडन मनपराउने मानिसहरु पनि संसारमा छन् भन्ने मैले आज थाहा पाएँ,’ ट्रेल रनमा सहभागी भएपछि अनुभव सेयर गर्दै पावरले भनिन्, ‘मीरा र उनको टिममा भएका युवालाई समथर ठाउँभन्दा उकालोमा दौडन मनपर्ने रहेछ । ट्रेलमा निकै आनन्दमय भयो । केही स्थानमा त मलाई निकै अप्ठ्यारो भयो तर, ट्रेल रनिङको सुन्दरता र अवसरबारे जान्ने अवसर पाएँ । म निकै खुशी छु ।’

पावरले ट्रेल रनिङमार्फत नेपालमा ‘इको टुरिजम’को प्रशस्त सम्भावना रहेको बताइन् । मीरालगायतका ‘टुरिजम आन्ट्रप्रिन्योर’ हरूसँग सहकार्य गर्दै नेपालमा पर्यटनको प्रवर्द्धन गरेर धेरै भन्दा धेरै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न र नेपालको विकासमा सहयोग गर्न यूएसएआईडी उत्साहित रहेको उनको भनाइ थियो ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?