+
+

८ वर्षदेखि सडक कालोपत्रे नहुँदा गुल्मीका नागरिकलाई सास्ती

अनिल खत्री अनिल खत्री
२०७९ माघ २६ गते १३:२३

२६ माघ, गुल्मी । निर्माण व्‍यवसायीले  समयमै सडक कालोपत्रे नगर्दा गुल्मीका नागरिकले सास्ती खेप्न बाध्‍य भएका छन् । जिल्लामा एउटा सडकको ६ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दासमेत निर्माण हुन नसकेपछि यहाँका नागरिकले दिनदिनै सास्ती बेहोर्नु परेको हो ।

सडक कालोपत्रे नुहँदा यहाँका नागरिकमा आक्रोश बढ्न थालेको छ । सदरमुकाम तम्घास– खाम्सेपानी– नयाँगाउ-नादी– सूर्यटारी सडकको बिचमा झण्डै ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ८ वर्षदेखि अलपत्र छ ।

निर्मार्ण व्‍यवसायीले पटक-पटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पूरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन । सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरिकले सास्ती खेप्नु परेको हो । सडकको तम्घासदेखि खाम्सेपानी अन्तर्गत सुपाखोलासम्म साढे २ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सडक खण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डमा २ वर्ष अघि नै कालोपत्रे भएको छ । सदरमुकाम बजारसँग जोडिएको सडकखण्ड वर्षौदेखि अलपत्र हुँदा नागरिक आक्रोसित हुन थालेको स्थानीय मुमाराम अधिकारी बताए ।

उनले भने, ‘आधा बाटो मात्रै कालोपत्रे हुँदा स्थानीयलाई आउ-जाउ गर्न सास्ती खेप्नु परेको छ । पटक–पटक वडाअध्यक्षदेखि नगरप्रमुखसम्म ध्यानकर्षण गराउदा पनि सडक कालोपत्रे गर्ने कार्य अगाडी बढेको छैन। काम हुन्छ-हुन्छ काम भनेर हामीलाई भुलाउने काम मात्रै भयो । सडक कालोपत्रे नहुँदा हामी महँगो भाडा तिर्नु बाध्य छौ।’

झण्डै १० वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्‍यवसायीलाई काम पूरा गर्न पहल नभएको स्थानीय बुद्धिराम मरासिनीले बताए । उनले यति समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिदा काम गर्न नसक्नु दु:खको कुरा भएको बताए ।

लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन् । सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु बर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रागर्नुपर्ने बाध्यता रहेको रेसुङ्गा नगरपालिका वडानम्बर–६ की स्थानीय पुस्पा खनालले बताइन्।

उनले भनिन,‘यतातिर कालोपत्रे नहुँदा निकै सास्ती खेप्नु परेको छ ।’ कालोपत्रे गर्ने गरी सडकको नाली र ग्राभेल गर्ने काम गरिएको थियो । तर अहिले ग्राभेल गरेको बिभिन्न ठाउँमा भत्किदै गएको छ । कलिपय स्थानल घाँसले झाँडी बनाएर सडक साँघुरो हुँदै गएको छ ।

सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास-सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय सिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तीय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । सडकको बेस निर्माण र कालो पत्रे काम मात्रै बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका सूचना अधिकारी भक्तराज गिरीले बताए ।

निर्माण व्‍यवसायीले अब अन्तिम पटक २०८० साल जेठसम्मको म्याद थप गरेकाले अब तोकिएको समयमा काम सम्पन्न गर्ने गरी सम्पर्कमा आएको सडक गिरीले बताए । अब तोकिएको समयमा काम पुरा नगरे फेरि म्याद थप्ने काम नुहने उनको भनाइ छ ।

यो सडक हुँदै रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभाम्भित हुनेछन् । अहिले यो सडकको बिभिन्न खण्ड खण्ड बनाएर काम भइरहेको छ । सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

पटक–पटक निर्माण कार्य सम्पन्न गर्ने मिति थप्ने तर समयमै काम नगर्ने परिपाटीले स्थानीयमा सडक निर्माण गति लिने आशा हराउदै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?