+
+

आईएमई जनरल र प्रुडेन्सियल इन्स्याेरेन्स बराबर हैसियतमा मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १८:००

२७ माघ, काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने प्रारम्भिक सम्झाैता भएको छ । बिहीबार दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति प्रारम्भ सहमति भएको छ ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएकाे सम्झौतामा आईएमई जनरल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियाे ।

एक आपसमा ठूला लगानीकर्ताकाे क्रस होल्डिङ रहेका दुवै बीमा कम्पनीलाई बीमा प्राधिकरणले मर्जरकाे दबाब दिंदै आएकाे थियाे । प्रुडेन्सियल र आईएमई जनरल इन्याेरेन्समा आईएमई ग्रुप मुख्य लगानीकर्ताकाे रूपमा रहेकाे छ ।

दुई कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । यस्त‌ै सञ्चालक समितिमा दुवै संस्थाबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने सहमति भएकाे पाैडेलले बताए । पौडेलका अनुसार चैत मसान्तसम्ममा एकीकृत कारोबार सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?