+
+

प्रिन्स र जेसिकाले जिते मुख्यमन्त्री ब्याडमिन्टनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते १८:३८

२८ माघ, काठमाडौं । इटहरीमा भएको प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुष एकलतर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकलतर्फ एपीएफकी जेसिका गुरुङले जितेका छन् ।

प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । दाहालले ५० हजार र प्रफुलले २५ रुपैयाँ पाए । तेस्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । बिष्णु र रुकेश प्रत्येकले नगद १०/१० हजार रुपैयाँ पाए ।

महिहला एकलतर्फ जेसिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गरिन् । जेसिकाले ५० र अमिताले २५ हजार रुपैयाँ पाए । तेस्रो स्थानमा रहेका सेनाकी रसिला महर्जन र कस्तुरी कलेजकी सीमा राजवंशीले नगद १०/१० हजार रुपैयाँ पाए ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले उपाधि जित्यो । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गरेको हो ।

महिला तर्फ सेनाका अमिता गिरी र रसिला महर्जनको जोडीले एपीएफका जेसिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे ।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रसिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधि जिते ।

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी विजयी भयो । चौधरी र लामाको जोडीले स्पोर्टस् हवका सनबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८, २१–१८ ले पराजित गरेको हो ।

भेट्रान ५५ बर्षमाथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडीलाई पराजित गर्दै गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले उपाधि जित्यो । नियोग र श्रेष्ठको जोडीले राई र तामाङ्गको जोडीलाई २१–१०, २१–१९ ले पराजित गरेको हो ।

छात्र यु-११ तर्फको खेलमा एपीएफका आरुष सिम्खडाले भोजपुरका तयाबुङ्ग राईलाई २१–१०, २१–१३ ले पराजित गरे । छात्रातर्फ कास्कीकी निभा राई बिजयी भईन् । भोजपुरकी रितु तामाङ्ग खुट्टामा चोट बोकी रिटायर्ड हर्ट भए पश्चात निभाले खेल जिजेकी थिईन् । पहिलो सेट ४–२१ ले गुमाएकी रितु दोस्रो सेटमा ५–११ को स्थितिमा खुट्टामा चोट लागेपछि रिटायर्ड भएकी थिइन् ।

यु-१३ छात्रतर्फ आर्मीका रिजन मगरले एपीएफका आरुष सिम्खडालाई २१–१७, २१–१२ ले पराजित गर्दै उपाधी उचाले । छात्रातर्फ सेनाकी रिहाना शेरचन विजयी भइन् । उनले पहिलो सेट आर्मीकी टिसारानी शाक्यलाई २१–१४ ले जितेकोमा दोश्रो सेट ११–३ को अवस्थामा टिशा रिटायर्ड हर्ट भए पश्चात स्वत: खेल जितेकी थिइन् ।

यु-१५ छात्रतर्फ सेनाका कविर केसीले एपीएफका अरुण अधिकारीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधी उचाले । छात्रातर्फ सेनाकी टिसारानी शाक्य घाइते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?