+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाल फिल्म प्रतियोगिता गर्दै बोर्ड, सामाजिक सञ्जालमा चर्चितले पुरस्कार पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १२:४०

काठमाडौं । चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिलको संयुक्त ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’ अन्तिम चरणमा पुगेको छ ।

सयौं नेपाली बालबालिकालाई बाल चलचित्रसँग परिचित गराउने परियोजना ‘क्यामेरा सिक’ अन्तर्गत सातै प्रदेशबाट छनोट भएका २८ जनामध्ये १६ जना १८ वर्षमुनिका युवाहरुलाई कार्यशालामा प्रशिक्षण दिई जनही ५० हजार रुपैयाँ प्रदान गरी फिल्म बनाउन लगाइएको थियो ।

त्यसबाट ४० फिल्म प्राप्त भएका थिए भने १० वटा छनोटमा परेका थिए । १० वटै फिल्मलाई सोसल मिडिया क्याम्पेनिङ गरी सबैभन्दा बढी लाइक, भ्युज तथा कमेन्ट प्राप्त गर्ने एक फिल्मलाई पुरस्कृत गरिने बाल चलचित्र समितिका सचिव चिरञ्जीवी गुरागाईंले बताए । जसका लागि बुधबार साँझ ५ बजे अन्तिम समय रहेको छ ।

छनोटमा परेका १० फिल्मलाई सहभागी गराई बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल २०२३’ आयोजना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?