+
+
Shares

पवित्राले पाइन् न्याय, एसिड हान्ने र योजना बनाउनेलाई ७ वर्ष कैद

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते २०:०२

२९ माघ, काठमाडौं । ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्नेलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले योजनाकार मोहम्मद आलमलाई ७ वर्ष कैद साढे २ जरिवाना तोकेको हो । साथै पीडितले पाउने गरी १० लाख रुपैयाँ क्षतिपूर्ति राज्यकोषमा जम्मा गर्नुपर्नेछ ।

यस्तै एसिड छ्याप्ने फैयाद अन्सारीलाई ७ वर्ष कैद साढे २ जरिवाना तोकिएको छ । पीडितले पाउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति राज्यकोषमा जम्मा गर्नुपर्नेछ ।

यो फैसलाले पीडितले न्याय पाएको महसुस भएको पीडितको पक्षमा मुद्दा लडेकी अभिवक्ता राधिका खतिवडा बताउँछिन् । भन्छिन्, ‘पीडकलाई अधिकतम सजाय भएको छ । जरिवाना र क्षतिपूर्ति दुबै गरी पीडितले करिव ३० लाख पाउने छिन् ।’

कार्कीमाथि ३१ साउन २०७७ मा काठमाडौंको सीतापाइलामा एसिड प्रहार भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?