+
+

एकबद्ध टिमका साथ घरेलु मैदानमा शृंखला खेल्न तयार छौं : रोहित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ११:५७

१ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलामा स्कटल्याण्ड र नामिवियालाई घरेलु मैदानमा चुनौति दिन नेपाल टिम तयार रहेको बताएका छन् ।

प्रमुख प्रशिक्षकका रुपमा मोन्टी देशाईको आगमनपछि नेपाल टिममा उल्लेखनीय सुधार आएको उनको भनाई छ । सोमबार खेलअघिको पत्रकार सम्मेलनमा नेपाली कप्तान रोहितले भने, ‘१० दिनमा मोन्टी सरले आएर जुन माहोल बनाउनुभएको छ त्यसले हाम्रो आत्मविश्वास बढेको छ ।’

नेपाल क्रिकेट संघ क्यानले मोन्टीलाई तीन साताअघि नै प्रमुख प्रशिक्षकका रुपमा नियुक्ति गरे पनि नेपाल सरकारको सहमति लिने प्रक्रिया ढिला भएको थियो । २३ माघमा औपचारिक नियुक्ति हुनुअघि १४ माघदेखि नै उनले राष्ट्रिय टिमको प्रशिक्षण थालेका थिए ।

लिग टूको तीन वर्षे शृंखलामा नेपालले २४ खेल खेलिसकेको छ । एकदिवशीय मान्यता पाएका सात एसोसिएट राष्ट्रका टोलीबीचको यो शृंखलामा नेपाल अहिले पुछारबाट दोस्रो स्थानमा छ ।

आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवशीय विश्वकपका लागि ग्लोवल क्वालिफायरमा स्थान बनाउन तथा चार वर्षअघि पाएको एकदिवशीय मान्यता जोगाइराख्न नेपालले शृंखलाका आगामी १२ खेलमा राम्रो नतिजा ल्याउनु अनिवार्य छ ।

कप्तान रोहितले नेपाल क्रिकेटको भविष्यसँग जोडिएको यो शृंखलामा सबै खेल जित्नुपर्ने अबस्थाबारे टिम जानकार रहेको बताए । ‘बाँकी नतिजा पनि यहि सिरिजले निर्धारण गर्छ त्यसैले पनि घरेलु मैदानमा खेलिने यो चार खेल हाम्रा लागि धेरै महत्वपूर्ण छ भन्ने बुझेका छौं,’ पत्रकार सम्मेलनमा रोहितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?