+
+

नेपालले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ९:००

२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत आजदेखि घरेलु मैदानमा सुरु भएको लिग टु शृखंलामा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।

कीर्तिपुरस्थित टीय मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु भएको हो ।

नेपालले नामबियासँग खेल्दै शृखंलाको सुरुआत गरेको छ ।

लिग टु मा नेपालले तीन वर्षपछि घरेलु मैदानमा खेल्दैछ भने नामबायले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो ।

नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिकासहितको लिग टु शृखंला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौं आएर नेपालसँग दुई खेल खेलेको थियो ।

नेपालले लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियामा गएर शृखंला खेलिसकेको छ ।

लिग टु मा नेपालले नामिबियालाई हराउन सकेको छैन । त्यसैले आजको खेलमा नेपालको सबै शक्ति घरेलु मैदान र दर्शकमाझ नामिबिलाई हराउनेतर्फ हुनेछ ।

नेपाली टिम : रोहित पौडेल (कप्तान),  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, सूर्य तामाङ

वैकल्पिक खेलाडी : आरिफ शेख, प्रतिश जीसी, श्याम(मौसम) ढकाल, अर्जुन साउँद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?