+
+

अस्थायी साधनको रुपमा प्लास्टिक प्रयोग गरेपछि भियतनामी दम्पती पुगे अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १६:२८

काठमाडौं । यौन सम्पर्कका बेला घाइते भएपछि एक भियतनामी दम्पती अस्पताल भर्ना भएका छन् । त्यो जोडीले यौन सम्पर्कका बेला कण्डमको साटो प्लास्टिकको प्रयोग गरेका कारण यौनांगमा घाउ भएको थियो । जसका कारण उनीहरुलाई उपचारका लागि राजधानी हनोइको अस्पतालमा भर्ना हुनुपर्‍यो ।

यौन सम्पर्कका क्रममा प्लास्टिकको घर्षणले दुवै जनाको यौनाङ्गमा घाउ बनेको, सुन्निएको र रगत बगेको थियो । कण्डम खरीद गर्न निकै लाज लागेका कारणले गर्दा उनीहरुले संसर्गका बेला प्लास्टिकको प्रयोग गरेका थिए ।

भियतनामी पत्रिका तुओइ ट्रे का यौनांगको घाउको संक्रमण रोक्नका लागि उनीहरुलाई एन्टिबायोटिक औषधि चलाउनुपर्‍यो ।

अवैज्ञानिक ढंगले निकै मोटो प्लास्टिकको झोलालाई अस्थायी साधनको रुपमा प्रयोग गर्दा यौनांगमा घाउ बनेको डाक्टरहरुले बताएका छन् । साथै प्लास्टिकको झोला कमजोर हुने र सजिलै च्यातिने भएकाले गर्भनिरोधका लागि प्रभावकारी नहुने पनि डाक्टरको भनाई छ ।

पछिल्लो घटनाले भियतनाममा सुरक्षित यौन सम्बन्ध तथा यौन शिक्षाका विषयमा आम भियतनामीहरुमा रहेको धारणाका विषयमा ध्यानाकृष्ट गरेको छ ।

हनोइ चिकित्सा विश्वविद्यालय तथा हनोइ मेडिकल कलेजले गरेको एक अध्ययनका क्रममा यौन सम्पर्कको अनुभव भएका मध्ये १६ प्रतिशतले मात्र पहिलो यौन सम्पर्कका बेला कण्डम प्रयोग गरेको बताएका थिए । साथै २५ प्रतिशतले कण्डम खरीद गर्न जान लाज लाग्ने बताए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?