+
+

ओडीआईमा कुशल भुर्तेलको पहिलो शतक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १६:२९

काठमाडौं । कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् ।

भुर्तेलले ४१औं ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै शतक पूरा गरे । उनले ९९ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक बनाएका हुन् ।

यसअघि भुर्तेलको ओडिआईमा उच्च स्कोर ८४ थियो । कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।

ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?