+

बस्ने कसरी ?

२०७९ फागुन  २ गते १८:५० २०७९ फागुन २ गते १८:५०
Shares
बस्ने कसरी ?

काठमाडौं । दिनभरमा हामी घर वा कार्यालयमा कति बेर बस्छौं ? सायद हामीले यो कुरा कहिल्यै याद गरेका छैनौं होला । कामको दबाबमा घण्टौं एकै ठाउँ वा एउटा कुर्सीमा बसेर आफ्नो काम पूरा गर्छौं । यसलाई बानी भनौं वा बाध्यता । तर यसले स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउन सक्छ ।

लामो समयसम्म बस्दा घाँटी र ढाड दुख्ने सामान्य हो । हामीलाई कसरी बस्ने भन्ने आउँदैन । बस्नु सामान्य कुरा हो तर बस्ने स्थिति अर्थात् आसन नमिल्दा हाम्रो शरीर रोगी बन्ने भय हुन्छ । बस्नु पनि जान्नुपर्छ भनिन्छ ।

मेडिकल जर्नल ‘जामा ओन्कोलोजी’ले करिब आठ हजार मानिसमा चार वर्षसम्म एउटा अनुसन्धान गरेको थियो । त्यसमा व्यक्तिको जीवनशैलीको मूल्यांकन गरिएको थियो । अनुसन्धानमा लामो समयसम्म बस्ने र शारीरिक रूपमा निष्क्रिय हुने मानिसमा क्यान्सरबाट ज्यान गुमाउने जोखिम ८२ प्रतिशत बढी रहेको पाइएको थियो ।

सुस्वास्थ्य अस्पतालका अध्यक्ष अकुपन्चरिस्ट सुदर्शन बस्नेत भन्छन्, ‘९० प्रतिशत नेपालीको बस्ने तरिका तथा पोजिसन सही छैन ।’ त्यसो भए कसरी बस्ने त ?

हामीलाई धेरै समय एकै ठाउँमा बसेर काम गर्नुछ भने कसरी बस्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने बस्नेत बताउँछन् । ‘कुनै पनि ठाउँमा बस्दा ढाडलाई सिधा बनाएर बस्नुपर्छ । धेरै अगाडि वा पछाडि झुकेर बस्नु हुँदैन,’ उनी भन्छन्, ‘हामी कुर्सीमा बस्दा मिल्छ भने कम्मरको पछाडि एउटा कुसन राख्नुपर्छ । कुर्सी र हाम्रो कम्मरको बीचमा ग्याप हुन्छ त्यो ग्यापलाई पूरा गर्न कुसन राख्नु राम्रो हुन्छ ।’

अहिले अधिकांश टेबुलमा ‘फुड रेस्ट’ अर्थात् खुट्टा राख्ने ठाउँ हुँदैन । तर खुट्टाको सपोर्टका लागि ६ देखि ८ इञ्चको फुड रेस्ट राख्नुपर्ने बस्नेत बताउँछन् । गर्धन झुकाएर चलाउने गरी कम्प्युटर तथा ल्यापटपलाई राख्दा गर्धन दुख्ने समस्या हुन्छ । त्यसैले कम्प्युटर र ल्यापटपलाई आँखाको लेबल सिधा हुने गरी राखेर चलाउनुपर्ने बस्नेत सुझाउँछन् ।

लामो समय एउटै स्थानमा नबस्ने

एक घण्टा बढी एउटै स्थानमा वा एउटै पोजिसनमा बस्न नहुने बस्नेत बताउँछन् । ‘सकिन्छ भने आधा घण्टामा नभए पनि कम्तीमा एक घण्टामा एक पटक उठेर अलिअलि हिंड्नुपर्छ । शरीरलाई तन्काउने र हल्का व्यायाम गर्नुपर्छ,’ उनी भन्छन् ।

यसैगरी उपरखुट्टी लगाउने तथा पलेटी कस्ने गर्नु हुँदैन । यसरी बस्दा ‘स्याक्रोलिक जोइन्ट’ माथिल्लो र तल्लो मेरुदण्ड जोड्ने जोर्नीमा समस्या हुन्छ । लामो समय उपरखुट्टी लगाएर तथा पलेंटी कसेर बस्दा घुँडा खिइने समस्या पनि देखापर्ने बस्नेत बताउँछन् ।

लगातार एउटै पोजिसनमा बस्दा जोर्नी दुख्ने र हड्डीसम्बन्धी रोग लाग्न सक्छ । हिंडडुल गर्न समस्या हुन्छ । कहिलेकाहीं बिरामीलाई शल्यक्रिया पनि आवश्यक हुन सक्ने अकुपन्चरिस्ट बस्नेत बताउँछन् ।

‘लामो समय एउटै स्थानमा एउटै पोजिसनमा बस्दा नसा च्यापिने समस्या पनि निम्तिन सक्छ,’ उनी भन्छन्, ‘लामो समय एउटै पोजिसनमा बस्दा शरीरमा रक्तप्रवाह पनि कम भइरहेको हुन्छ । जसले गर्दा खुट्टा झमझमाउने निदाउने समस्या हुन्छ ।’

ध्यान दिनुपर्ने कुरा

– लामो समयसम्म एकै स्थानमा बसिरहनुभन्दा एक-एक घण्टामा उठेर कम्मरलाई अलिअलि तन्काउने दायाँ-बायाँ झुक्ने गर्नुपर्छ ।

– शरीरलाई तन्काउँदा झड्काउने भने गर्नु हुँदैन । सामान्य अगाडि पछाडि झुक्ने र कम्मरलाई घुमाउने गर्नुपर्छ ।

– हामी बसेर एकातिर झुकेर, गर्धनलाई धेरै झुकाएर मोबाइल चलाउँछौ । यसले गर्धनको नसा च्यापिने समस्या निम्ताउँछ ।

– हामी लामो समय सोफामा बसेर पनि काम गरिरहेका हुन्छौं । लचकदार सोफामा बस्दा हाम्रो कम्मरलाई सपोर्ट पुग्दैन र ढाड दुख्ने समस्या हुन्छ । त्यसैले धेरै लचकदार सोफा पनि प्रयोग गर्नु हुँदैन ।

जीवनशैली बसाइ
अकु. सुदर्शन बस्‍नेत
लेखक
अकु. सुदर्शन बस्‍नेत
अकुपञ्चरिस्ट

एनएचपीसी-बी ३ दुई दशकदेखि अकुपञ्चर, अकुप्रेसर, मोक्सीबस्टनको क्षेत्रमा कार्यरत, नयाँबानेश्वरस्थित सुस्वास्थ्य अस्पतालका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?