+
+

आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते ८:१३

४ फागुन, काठमाडौं । प्रिमियर लिगमा बुधबार राति भएको शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेष्टर सिटी बीचको खेलमा सिटी विजयी भएको छ ।

आर्सनललाई उसैको मदानमा ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको छ ।

सिटी र आर्सनलको समान ५१ अंक भए पनि गोल अन्तरमा सिटीले आर्सनललाई पछि पारेको छ ।

यद्यपि सिटीले एक खेल बढी खेलेको छ । सिटीले २३ र आर्सनलले २२ खेल खेलेको छ ।

सिटीका केभिन डे ब्रुएनाले २४औं मिनेटमा गोल गर्द अग्रता दिलाएका थिए । तर ४२औं मिनेटमा आर्सनलका बुकायो साकाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फेरि अग्रता लियो । ८२औं मिनेटमा एर्लिन हालान्डले डे ब्रुएनाको पासमा गोल गर्दै सिटीको जित पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?