+
+

राष्ट्रपतिमा एमालेले सबैलाई मान्य हुने उम्मेदवार उठाउँछ : सचिव भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:०९

४ फागुन, धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् ।

बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका हुन् ।

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गरे । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उनको भनाइ थियो ।

सचिव भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताए ।

‘रेशम चौधरीको रिहाइ उहाँहरुको शर्त थियो । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था थिएन तर हामीले सरकारको तर्फबाट सक्दो पहल गछौँ भनेका थियौँ,’ भट्टले भने, ‘रेशमजीले त्यो कुरालाई बुझ्नुभएन उहाँले तत्कालै छुटाउनुपर्छ भन्नुभयो । सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने प्रचलन छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?