+
+

मनाङ मर्स्याङ्दीको कप्तानमा दीप कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १८:२२

४ फागुन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले गोलकिपर दीप कार्कीलाई नयाँ कप्तान बनाएको छ ।

यसअघिका कप्तान अन्जन विष्ट मनाङ छाडेर चर्च ब्वाइज क्लबमा लागेपछि मनाङले नयाँ कप्तान चयन गरेको छ । मनाङले अब फागुन १९ देखि सुरु हुने ए डिभिजन लिगमा दीपको कप्तानीमा खेल्नेछ । साथै मनाङले दीपको कप्तानीमा राम्रो नतिजा ल्याउने विश्वास राखेको पनि जनाएको छ ।

‘राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ए डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको छ । कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ’, मनाङका अध्यक्ष विजय घलेले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अन्जनसहित पुजन उपरकोटी जस्ता अनुभवी खेलाडीले क्लब छाडेपछि मनाङले यस सिजन युवा खेलाडीसहित टिम बनाएको छ ।

मनाङले बार्सिलोनाका पूर्व खेलाडी देखि उज्वेकिस्तानको खेलाडीसमेत अनुबन्ध गरिसकेको छ । यस्तै मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?