+
+

मोबाइल चोरीको आरोपमा थप ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते २१:५९

४ फागुन, काठमाडौं । यातायात मजदुरको आन्दोलनको समयमा पसल तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसमा यात्रु हाल्ने काम गर्दै आएका २३ वर्षका रोजन डंगोल र ३० वर्षका रितेश बस्नेत, काउन्टरमा काम गर्ने ३० वर्षका एमन राई र लगेज बोक्नने काम गर्दै आएका ३० वर्षका सुजन तामाङ छन् । यस्तै बालाजुको एक खाजा घरमा काम गर्ने २३ वर्षका सुवास अधिकारी र गेष्ट हाउसमा काम गर्ने १९ वर्षकी जोना चौधरी पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट मोबाइल, एयरफोन, यूएसबी केबल बरामद भएको प्रहरीले बताएको छ । उनीहरुलाई चोरी तथा डाँका कसुरमा अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिएर प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर, टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?