+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनको पञ्चकन्या सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १५:२०

५, फागुन, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंडाको अवषेश फेला परेको छ ।

डिजिजन बन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको हो ।

चर्तूमुखी सामुदायिक वनका हेरालुहरुले मृत गैंडाको अवषेश भेटिएको सूचना दिएपछि घटनास्थलमा जाँदा गैंडाको खप्पर, केही खुट्टाको भाग र हड्डीसहित खाग र खुर भेटिएको सूचना अधिकारी खनालले अनलाइनखबरलाई जानकारी दिए ।

गैंडा अन्दाजी ३ महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । गैंडाको मृत्यको कारण खुल्न सकेको छैन । पोष्टमार्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पठाइएको सूचना अधिकारी खनालले जानकारी दिए ।

‘घना झाडी भएको ठाउँ रहेछ, मानिसहरु निकै मुस्किलले मात्रै जान सक्ने अवस्था छ’ सूचना अधिकारी खनालले भने, ‘गस्ती पनि भएन होला, त्यसैले लामो समयसम्म थाहा हुन सकेन ।’

विश्वकै दुर्लभ एक सिङ्गे चितवन राष्ट्रिय निकुञ्ज र यहाँका सामुदायिक तथा मध्यवर्ती क्षेत्रमा पाइने गरिन्छ । चालु बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?