+
+

दक्षिण एसियामा कोभिडको असर भावी पुस्तासम्म जान्छ : विश्व बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १६:५९

५ फागुन, काठमाडौं । विश्व बैंकले दक्षिण एसियाली मुलुकमा कोभिड-१९ को असर अर्को पुस्तासम्म पुग्ने बताएको छ । महामारीले बालबालिका र युवाको स्वभाविक विकास र जीवनभरको आम्दानीमा क्षति गरेको भन्दै विश्व बैंकले अर्थतन्त्रको विकास र भावी पुस्तालाई समेत यसबाट असर पुग्ने विश्व बैंकको भनाइ छ । विश्व बैंकले २५ वर्ष उमेर समूह भन्दा तलका युवाबारे गरेको तथ्यांक विश्लेषणबाट यस्तो निष्कर्ष निकालेको बताएको छ ।

‘महामारीले विकासलाई मात्र प्रभावित गरेन, यसले मानव पूँजीमा समेत उत्तिकै ठूलो क्षति गरेको छ’ विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ । महामारीका कारण विद्यालय बन्द हुनु, स्वास्थ्य सेवा र र रोजगारीका ढोका बन्द गर्दा मानव पूँजीमा बढी क्षति पुग्न गएको विश्व बैंकको भनाइ छ ।

‘ह्युमन क्यापिटल’मा कोभिडले पारेको प्रभावबारे विश्व बैंकको नयाँ प्रतिवेदनमा बाल्यकालदेखि युवाअवस्थासम्मको प्रभावबारे विशलेषण गरिएको थियो । तथ्यांकअनुसार कोभिडका कारण बच्चाको स्वभाविक सिकाइमा झड्का लागेको छ । यी बच्चा वयष्क हुँदा भोलि उनीहरुको आम्दानीमा समेत यसको प्रभाव देखिने विश्व बैंकले बताएको छ ।

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले महामारीले विद्यालय बन्द हुनु, रोजगारी गुम्नु र कमजोर परिवारलाई आर्थिक संकटमा पर्दा दक्षिण एसियाका बालबालिका र युवालाई असर गरेको बताएका छन् । मानव पूँजीमा भएको नोक्सानको पुनः प्राप्ति महत्वपूर्ण रहेको भन्दै उनले यसमा सरकारहरुले काम गर्नुपर्ने उनले बताए ।

दक्षिण एसियामा अप्रिल २०२० देखि मार्च २०२२ सम्म विद्यालयहरु आंशिक वा पूर्ण रुपमा बन्द भएका थिए । विश्व बैंकका अनुसार ३० दिन विद्यालय बन्द हुनु भनेको ३२ दिन बराबरको पढाइ गुमाउनु हो । यसबेला विद्यार्थीले विद्यालयमा मात्र नभई घरमा पनि सिक्ने मौका पाएनन् । साथै पढेको कुरा पनि बिर्सन्छन् ।

प्रतिवेदनले बंगलादेशमा १५ महिना विद्यालय बन्द हुँदा २६ महिनाको पढाइ गुमेको पाइएको छ । भारत र पाकिस्तानमा समेत यस्तै आंकडा देखिएको छ । विश्व बैंकका अनुसार कतिपय मुलुकमा भर्ना दर समेत अझै महामारी पूर्वको अवस्थामा फर्किएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?