+
+

माइतीघरमा उद्योगी व्यवसायीको विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १७:५०

५ फागुन, काठमाडौं । बैंकहरुले चर्को ब्याजदर असुलेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शुक्रबार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर घटाउनु पर्ने माग राखेर उद्योगी व्यवसायीहरु आन्दोलित छन् ।  बैंकहरुको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न आफूहरु बाध्य भएको उनीहरुको भनाइ छ ।

विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुले सांसद, मन्त्री बनाइ दिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरुलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरुको माग सम्बोधन हुन सबै व्यवसायीहरु प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका कन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालीहरुले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने उनले बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको भन्दै यसबारे सरकार मौन बस्न नहुने बताए । सरकारले व्यापार उद्योगमैत्री नियम कानुन ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

पछिल्लो समय कोभिड-१९ महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप उनीहरुको छ । उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी उनीहरुको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?