
७ फागुन, गुल्मी । गुल्मीमा आगोमा जलेर वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ मल्दी निवासी ८३ वर्षकी पवित्रा खत्रीको मृत्यु भएको इस्मा गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए ।
शनिबार बिहान आफनै घरमा खाना पकाउने क्रममा शरीरमा आगो सल्केपछि घाइते वृद्धाको उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
उनको गुल्मी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पाल्पा पठाउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4