+
+

शुक्रकिटदाताले ४ वटा नाम फेरेर वीर्यदान गरेपछि …

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १४:०७

काठमाडौं । अष्ट्रेलियामा हालै एउटा अनौठो घटना भएको छ । एउटा कुनै कार्यक्रममा गएका केही अभिभावकहरु त्यसबेला अचम्ममा परे जब उनीहरुका बच्चाहरुको अनुहार मिल्दोजुल्दो देखियो ।

ती अभिभावकहरु वास्तवमा अपरिचित थिए र उनीहरुको बीचमा कुनै सम्बन्ध पनि थिएन । तर अपरिचित र असम्बन्धित हुँदाहुँदै पनि आफूहरुका बच्चाहरुको अनुहार मिलेको देख्दा उनीहरुलाई एकसाथ आश्चर्य र आशंकाले छोप्यो । त्यसपछि उनीहरुले जब यस विषयमा खोजतलास गर्न थाले तब निकै अनौठो तथा धोकाधडीपूर्ण तथ्यको खुलासा भयो ।

वास्तवमा उनीहरुका बच्चाहरुको अनुहार एक आपसमा मिल्नु कुनै संयोग थिएन । त्यो एकजना शुक्रकिटदाताले उनीहरुसँग गरेको धोकाधडीको परिणाम थियो ।

छानविनको क्रममा उक्त शुक्रकिटदाताले विभिन्न चारथरी फरक फरक नामहरु राखेर धोकापूर्ण तरिकाले ती अभिभावकहरुलाई वीर्यदान गरको खुलासा भयो ।

द मिररमा प्रकाशित समाचार अनुसार शुक्रकिटदाताले समलिंगी समुदायका सदस्यहरुलाई शुक्रकिट दान गर्नका लागि विभिन्न चारवटा फरक फरक नामको प्रयोग गरेको रहेछ । आइभिएफ प्रविधिबाट सन्तान प्राप्त गर्न चाहने माता पितालाई उसले गैरकानूनी रुपमा शुक्रकिट दान गरेको र त्यसबाट ६० वटा भन्दा धेरै बच्चा जन्मिएको तथ्यले सबैलाई झसंग बनायो ।

यसबीचमा एक कार्यक्रमका क्रममा जब केही अभिभावकहरु जम्मा भएका थिए उनीहरुले आफ्ना बच्चाहरुको अनुहार मिल्दोजुल्दो भएको महसूस गरे । त्यस विषयमा कुराकानी तथा छानविन हुँदा उनीहरु सबैका बच्चा एउटै वीर्यदाताको शुक्रकिटबाट जन्मिएको तथ्यको खुलासा हुँदा उनीहरु छाँगाबाट खसेझैँ भए । उक्त खुलासा पश्चात् अभिभावकहरुले स्थानीय आइभिएफ क्लिनिकहरुमा फोन गर्न सुरु गरे र शुक्रकिट दाताको खोजीमा लागे ।

सिड्नीस्थित फर्टिलिटी फस्र्ट नामक क्लिनिककी डाक्टर ऐनी क्लार्कका अनुसार उनको क्लिनिकले एक पटकमा केवल एउटा मात्रै दाताको शुक्रकिटको प्रयोग गर्दछ ।

तथापि उक्त दाताले फेसबुक ग्रुपजस्ता अनौपचारिक तरिकाबाट समेत शुक्रकिट दान गरेको र हालसम्म सो दाताको पहिचान नखुलाइएको बताइएको छ ।

स्मरण रहोस् अष्ट्रेलियामा शुक्रकिट दानमा गरिने धोकाधडी पूर्ण रुपमा गैरकानूनी हो । यस्तो खालको अपराध गर्नेलाई १५ वर्षसम्मको जेल सजायँ हुनसक्ने प्रावधान छ ।

यति हुँदाहुँदै पनि त्यहाँ अनौपचारिक तरिकाले शुक्रकिट दान गरी दाता पुरुषहरुले पैसा कमाउने गरेको पाइएको छ । उनीहरुले अनलाइन प्लाटफर्मका माध्यमबाट निसन्तान दम्पत्तिहरुसँग सम्पर्क गर्दछन् र शुक्रकिट दान गर्ने प्रस्ताव राख्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?